काठमाडौं । कुवेतको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जना नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
अरब टाइम्सका अनुसार, अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार सो घटना भएको हो । घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छैन । ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।
अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण भइरहेको बेला ढिस्को खसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)