काठमाडौं । मौलिक सृजनालाई सम्बन्धित स्रष्टाको अनुमति नलिई त्यसको मौलिकतामा नै असर पर्ने गरी परिवर्तन गर्न पाइँदैन । तर यही गैह्र कानुनी कार्य गरेको भन्दै ९५ वटा युट्युब च्यानलविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।
धेरै स्रष्टाका सयौँ गीतहरू एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेर ती गीत संगीत मौलिक पनि भंग गर्दै गीत पुनरुत्पादन गर्ने युट्युब च्यानलहरू र त्यसको सञ्चालक विरुद्ध साइवर ब्युरोमा कारबाहीको लागि उजुरी परेको हो ।
गायक, संगीतकार तथा मोडल विमल अधिकारीले काठमाडौँका भोटाहिटी स्थित नेपाल प्रहरीको साइबर ब्युरोमा प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा ९५ वटा युट्युब च्यानलविरुद्ध उजुरी दिएका छन् । आफ्ना मौलिक गीत संगीतको प्रतिलिपि हनन्’bout ती च्यानलमाथि कानुनी कारबाहीसँगै संगीतकार विमलले क्षतिपूर्तिको माग समेत गरेका छन् ।
अधिकारीका अनुसार उनका करिब १५० मौलिक गीत एआईमार्फत तोडमोड गरी सामाजिक सञ्जालमा अपलोड गरिएको छ भने केही अडियो प्लेटफर्ममा आफ्नो नाममा समेत दर्ता गरिएको छ । यो उजुरीको लागि आफूलाई प्रस्तोता समाज तथा संगीत सम्बन्धी अन्य संघ संस्थाको पनि समर्थन रहेको उनले बताएका छन् ।
यसरी उजुरी हाल्नुको कारण’bout उनले भने,‘मेरा धेरै जसो हिट गीतहरूलाई एआईमार्फत तोडमोड गरी पुन निर्माण गरेर उनीहरूले युट्युब लगायतको सामाजिक सञ्जालमा राखे, त्यसपछि मेरो ओरिजिनल गीतहरूको कपि राइटमा नै स्ट्राइक आएको छ । मैले नचिनेको व्यक्ति र च्यानलले मौलिक गीतलाई समेत असर पर्ने गरी हाम्रा गीतहरूको स्वरूप बिगारेर विक्री वितरण गरेपछि म साइवर पुगेको हुँ ।’
संगीतकार विमल अधिकारीले प्रतिलिपि अधिकारको संरक्षणको लागि सम्पूर्ण क्षतिपूर्ति र तथा यस्तै गैह्र काम गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न समेत उजुरीमा माग गरेको बताएका छन् । आफूहरूको गीतलाई एआईबाट पुन उत्पादन गरेर युट्युबमा लोड गरिएको भिडियोहरूले लाखौँ भ्युज पाएको र त्यसबाट सम्बन्धित व्यक्तिहरूले राम्रो पैसा कमाई रहेको पनि अधिकारीले दाबी गरेका छन् । यस्ता गीतका भिडियोहरू कुनै त करोड सम्म भ्युज पुगेको पनि उनले जनाए । त्यसको रेभिन्यु आफूहरुले पाउनु पर्ने पनि उनको माग छ ।
विमलका अनुसार साइबर ब्युरोले यसरी मौलिक गीतलाई एआईमार्फत तोडमोड गरी लोड गरिएका सम्बन्धित युट्युब च्यानल तथा सामाजिक सञ्जालमाथि कारबाहीको कार्य सुरु गरेको छ । यस्ता च्यानलको सञ्चालकलाई सकेसम्म खोज्ने र नभेटे च्यानललाई नै खारेजी गर्ने तयारी साइवरले गरिरहेको पनि उनले बताएका छन् ।
विमलको भनाइमा यसरी प्रतिलिपि अधिकारको संरक्षण र क्षतिपूर्तिको लागि मुद्दा परेपछि भोलीबाट अरूले यस्तो अपराध गर्दैनन् । अरूलाई सचेतनासँगै आपराधिक कार्य गर्नेहरूलाई कारबाही होस भन्ने उद्देश्य पनि उजुरीको रहेको उनले बताएका छन् । साइवरी ब्युरोबाट चाँडो भन्दा चाँडै यस विषयमा कारबाही हुने जवाफ आफूले पाएको पनि उनले बताए ।
यसरी विमल अधिकारीले आफ्ना गीत संगीत प्रतिलिपि अधिकारको संरक्षणको एआईमार्फत तोडमोड गर्ने विरुद्ध उजुरी दिएपछि संगीतकारहरू चेतन सापकोटा, वसन्त सापकोटा, गीतकार शिव हमाललगायतले पनि उनको यो कार्यको समर्थन गरेका छन् । साथै यी संगीतकारहरुले पनि आफ्ना गीतहरू एआईमार्फत तोडमोड गरी पुन सृजना गरेर युट्युब च्यानलमा राख्नेहरू विरुद्ध उजुरी दिने तयारी गरिरहेको बताएका छन् ।
सम्बन्धित समाचार
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
जाँच समितिले किन हटायो धुमपान र मद्यपानका सचेतना ?
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
रास्वपा सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा
एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति






