‘यो कथा होइन’ मा १०० वर्ष अघिको कथा

काठमाडौं । लेखक, निर्देशक तथा अभिनेता श्रीप्रसाद थापाले ‘यो कथा होइन’ टेली शृंखला निर्माण थालेका छन् । काठमाडौँमा एक समारोहबिच यो शृंखलाको मुहूर्तसहित घोषणा गर्दै उनले निर्माण कार्य अघि बढाएका छन् ।

यो शृंखलाको छायांकारमा सागर खड्का, घरश्याम पोखरेल, शिव शरण न्यौपाने र रोशन पौडेल रहेका छन् भने सम्पादन अशोक चौधरी र रोशन पौडेल छन् ।

समारोहमा अग्रज कलाकार तथा हास्यब्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले यो शृंखलाको प्रोमोको शुभारम्भ गरे । अग्रज कलाकार मदनकृष्णले समारोहमा निर्देशक तथा कलाकार श्रीप्रसाद थापाको सिर्जनात्मक योगदानको प्रशंसा गर्दै भने,‘यो शृंखलाले नेपाली समाजको वास्तविक इतिहासलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने विश्वास मैले लिएको छु । यो कथा होइन शीर्षकले नै यथार्थ घटनाको संकेत गर्ने भएकाले यसको पहिलो भाग हेर्न म उत्साहित छु ।’

घोषणा समारोहमा निर्देशक थापाले भने,‘यो शृंखला केवल मनोरञ्जनका लागि नभई करिब १०० वर्षअघिको नेपाली समाज, त्यति बेलाको जीवनशैली, जातीय विभेद र सामाजिक विभाजनलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयास हाम्रो हुनेछ ।’

यो शृंखलामा श्रीप्रसाद थापा, रवि गिरीलगायत विभिन्न कलाकारको अभिनय रहने छ । शृंखला घोषणा समारोहमा कलाकार रवि गिरीले निर्माण टोलीले फरक स्वाद र प्रस्तुति दिन निकै मेहनत गरेको बताए । दर्शकले यो शृंखलालाई रुचाउने विश्वास उनले व्यक्त गरे ।

यस्तै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले प्रोमोमै नेपाली मौलिकता झल्किएको भन्दै १०० वर्ष अघिको समाज र कथामा शृंखला बनाउन श्रीप्रसादले निकै मेहनत गर्नु पर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

जलवायु परिवर्तनको प्रभाव बालबालिकामा बढी