काठमाडौं । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का दुई कर्मचारी बर्खास्त भएका छन् ।
नार्कका अध्यक्षसमेत रहेका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ ।
सरकारले सुशासन र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई आवश्यक कारबाही गरिएको बताइन् ।
सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई छन् ।
कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागु हुने गरी सेवाबाट हटाइएको हो । परिषद्ले सम्बन्धित कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेकामा तोकिएको अवधिमा पनि सम्पर्कमा नआएकाले परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट हटाइको मन्त्री चौधरीले बताइन् ।
सम्बन्धित समाचार
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
हतारमा पार्टी एकता गर्ने पक्षमा छैनः नेकपा संयोजक प्रचण्ड
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ






