गोल गर्न किन कहिल्यै चुक्दैनन् हालान्ड ?

काठमाडौं । विश्व फुटबलमा एर्लिङ हालान्डको नाम गोलको पर्यायजस्तै बनेको छ । विपक्षी टोलीका प्रशिक्षकले उनलाई रोक्न विशेष रणनीति बनाउँछन्, डिफेन्डर खेलभरि उनको गतिविधिमाथि कडा निगरानी राख्छन् र गोल गर्ने अवसर नदिन हरसम्भव प्रयास गर्छन् । यति धेरै दबाबबीच हालान्डले कुनै न कुनै क्षणमा खेलको दिशा बदल्ने क्षमता देखाइरहेका छन् ।

ब्राजिललाई स्तब्ध बनाएपछि यी स्टार स्ट्राइकरले भने– गोल गर्नु भगवान्को उपहार हो

‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ १६’मा पाँचपटकको विश्व च्याम्पियन ब्राजिलविरुद्धको खेल त्यसैको पछिल्लो उदाहरण बन्यो । विश्व फुटबलका शक्तिशाली टोलीमध्ये एक ब्राजिललाई २–१ ले पराजित गर्दै नर्वेले इतिहास रच्यो । त्यो ऐतिहासिक जितका सबैभन्दा ठूलो नायक बने– हालान्ड । उनले खेलका दुवै गोल गर्दै आफ्नो टोलीलाई पहिलोपटक विश्वकपको क्वार्टरफाइनलसम्म पु¥याए । जितपछि सबैलाई आश्चर्यमा पार्ने कुरा उनको प्रतिक्रिया थियो । धेरैले उनको असाधारण फिनिसिङको रहस्य’bout जान्न खोज्दा उनले ‘त्यसको श्रेय भगवान्को आशीर्वाद’लाई दिए ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै हालान्डले ‘आफूले गोल गर्ने कला कुनै जादु वा रहस्यमय अभ्यासको परिणाम नभई भगवान्ले दिएको विशेष उपहार भएको’ विश्वास व्यक्त गरे । ‘सामान्यतया खेलमा मलाई धेरै अवसर प्राप्त हु ँदैनन् । तर जब एक वा दुईवटा अवसर आउँछन्, ती प्रायः गोलमा परिणत हुन्छन्,’ उनले भने, ‘म आफैंलाई पनि कहिलेकाहीँ यो कसरी सम्भव हुन्छ ? भन्ने थाहा हुँदैन । म सधैं एउटै कुरा सोचेर मैदानमा उत्रिन्छु— अवसर अवश्य आउने छ र त्यसका लागि पूर्णरूपमा तयार रहनुपर्छ । अहिले मलाई लाग्छ, सही समय बललाई सही स्थानमा प्रहार गरेर गोलमा परिणत गर्न सक्नु भगवान्ले दिएको उपहार हो ।’ उनको यो भनाइ अहिले विश्वभरका फुटबल समर्थकमाझ चर्चाको विषय बनेको छ । विश्वका धेरै पूर्वखेलाडी र विश्लेषकले पनि उनको विनम्रताको प्रशंसा गरेका छन् ।

ब्राजिलविरुद्धको खेलमा हालान्डले देखाएको प्रदर्शन कुनै सामान्य खेलाडीको प्रदर्शन थिएन । खेल सुरु हुनुअघि अधिकांश फुटबल विश्लेषकले ब्राजिललाई स्पष्टरूपमा बलियो टोली मानेका थिए । पाँचपटकको विश्व च्याम्पियन, उत्कृष्ट अनुभव, विश्वस्तरीय खेलाडी र ठूलो प्रतियोगितामा लगातार सफल प्रदर्शनका कारण ब्राजिललाई नै जितको प्रमुख दाबेदार मानिएको थियो । तर, नर्वेले सुरुदेखि नै अनुशासित खेल खेल्दै ब्राजिलका आक्रमण नियन्त्रणमा राख्यो । रक्षापंक्तिले संयम गुमाएन, मिडफिल्डले बल नियन्त्रणमा राख्दै अवसर सिर्जना ग¥यो र अगाडि हालान्डले आफूलाई प्राप्त सीमित अवसर गोलमा परिणत गरे । यही नै महान् स्ट्राइकरको पहिचान हो । उनीहरूलाई धेरै अवसर आवश्यक पर्दैन, एउटा सानो अवसर नै खेलको परिणाम बदल्न पर्याप्त हुन्छ ।

ब्राजिलविरुद्ध गरेका दुई गोलसँगै हालान्डले ‘विश्वकप २०२६’मा आफ्नो गोल संख्या सात पु¥याएका छन् । चार खेलमै सात गोल गर्न ु आफैंमा असाधारण उपलब्धि हो । यससँगै उनले अर्को ऐतिहासिक कीर्तिमान पनि बनाए । ‘विश्वकप १९७०’मा जर्मनीका महान् स्ट्राइकर गर्ड मुलरपछि आफ्नो पहिलो चार विश्वकप उपस्थितिमै सात गोल गर्ने पहिलो खेलाडी बन्ने गौरव उनले हासिल गरेका छन् । यो उपलब्धिले उनी वर्तमान समयका उत्कृष्ट स्ट्राइकरमात्र नभई विश्वकप इतिहासमा पनि विशेष स्थान बनाउन सफल खेलाडीका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

त्यसो त, हालान्डको उत्कृष्ट प्रदर्शन विश्वकपमै सीमित छैन । राष्ट्रिय टोलीका लागि पनि उनको गोल गर्ने लय निरन्तर प्रभावशाली बन्दै गएको छ । ब्राजिलविरुद्धको खेलपछि उनले ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल पूरा गरेका छन् । आधुनिक फुटबलमा यस्तो गोल अनुपात निकै दुर्लभ मानिन्छ । यतिमात्र होइन, लगातार १४ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राख्दै यस अवधिमा उनले कुल २७ गोल गरेका छन् । यसले उनी क्लब फुटबलमा मात्र होइन, राष्ट्रिय टोलीका लागि पनि समानरूपमा प्रभावशाली देखिन्छन् ।

व्यक्तिगत उपलब्धिभन्दा पनि हालान्डले यस जितलाई सम्पूर्ण नर्वेली जनताको विजयका रूपमा चित्रण गरे । उनले ‘राष्ट्रिय टोलीबाट खेल्नु कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो सम्मान भएको’ बताए । ‘म चाहन्छु कि आजको खेल हेर्ने प्रत्येक नर्वेली बालबालिकाले ठूलो भएपछि आफ्नो देशका लागि खेल्ने सपना देखून्,’ उनले भने, ‘राष्ट्रिय टोलीको जर्सी लगाउनु जीवनकै सबैभन्दा ठूलो गौरव हो ।’ उनले सम्पूर्ण देशलाई यो ऐतिहासिक उपलब्धि खुलेर मनाउन आग्रह गर्दै थपे, ‘म अहिले समर्थकमाझ सडकमा भएको भए कति राम्रो हुन्थ्योजस्तो लागिरहेको छ । आज नर्वेको खेल इतिहासमा विशेष दिन हो । सम्पूर्ण देशले यो सफलताको उत्सव मनाउनुपर्छ । यस्तो क्षण जीवनमा धेरैपटक आउँदैन ।’

नर्वेको जितमा हालान्डले दुई गोल गरे पनि गोलकिपर ओरजान नाइल्यान्डको भूमिका पनि अत्यन्त महत्वपूर्ण रह्यो । उनले खेलभर ब्राजिलका धेरै खतरनाक आक्रमण विफल पार्दै टोलीलाई खेलमा टिकाइराखे । ब्र ुनो गुइमारेसको पेनाल्टी बचाउनु खेलको सबैभन्दा निर्णायक क्षणमध्ये एक बन्यो । यदि त्यो गोल भएको भए खेलको परिणाम फरक हुन सक्थ्यो । खेलपछि उनले आफ्नो जीवनकै सबैभन्दा विशेष दिन भएको प्रतिक्रिया दिए । ‘यी भावना शब्दमा व्यक्त गर्न गाह्रो छ । हामीलाई थाहा थियो कि हामी अन्डरडग थियौं, तर हामीले आफ्नै क्षमतामाथि विश्वास गरेका थियौं,’ उनले भने ‘ब्राजिललाई हराउनु सपना पूरा भएजस्तै हो । यो जित सम्पूर्ण नर्वेली जनताका लागि हो ।’

ब्राजिलमाथिको यो जितले विश्व फुटबललाई एउटा स्पष्ट सन्देश पनि दिएको छ । अहिले फुटबलमा इतिहास, प्रतिष्ठा वा ठूलो नामका आधारमा जित सुनिश्चित हु ँदैन । सही रणनीति, अनुशासन, आत्मविश्वास र अवसरको सदुपयोग गर्नसक्ने क्षमता भए कुनै पनि टोलीले विश्वकै बलिया प्रतिद्वन्द्वीलाई पराजित गर्न सक्छ । नर्वेले यही कुरा प्रमाणित गरेको छ । अब नर्वेको अगाडि अर्को कठिन चुनौती इङ्गल्याण्ड हुनेछ । क्वार्टरफाइनलमा हुने यो प्रतिस्पर्धा विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ । इंग्ल्यान्ड पनि उपाधिको बलियो दाबेदार मानिन्छ ।

फिफाको दुर्लभ निर्णय
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार बेल्जियमविरुद्ध हुने फिफा विश्वकपको ‘राउन्ड अफ १६’को खेलअघि अमेरिकाका स्टार स्ट्राइकर फोलारिन बालोगनमाथि लागेको एक खेलको प्रतिबन्ध हटाउने दुर्लभ निर्णय गरेको छ । यस निर्णयपछि उनी मंगलबार (आज) बिहान बेल्जियमविरुद्ध मैदान उत्रिन पाउने भएका छन् ।

बालोगनले यसअघि बोस्निया हर्जेगोभिनाविरुद्धको ‘नकआउट’ चरणको खेलमा रातो कार्ड पाएपछि अर्को खेल स्वतः गुमाउने अवस्था बनेको थियो । फिफाको अनुशासन नियमअनुसार रातो कार्ड पाएपछि सामान्यतया ए क रूपमा खेलको प्रतिबन्ध अनिवार्य लागू हुन्छ । तर, फिफाको अनुशासन समितिले घटना पुनरावलोकन गर्दै बालोगनको प्रतिबन्ध तत्काल लागू नगर्ने निर्णय गरेको हो । समितिले अनुशासन संहिताअन्तर्गत रहेको विशेष व्यवस्था प्रयोग गर्दै प्रतिबन्धलाई एक वर्षका लागि सशर्त स्थगित गरेको जनाएको छ । यसको अर्थ बालोगनले बेल्जियमविरुद्ध खेल्न पाउने छन्, तर आगामी एक वर्षभित्र फेरि गम्भीर अनुशासनहीनता गरेमा यो प्रतिबन्ध स्वतः लागू हुन सक्छ ।

फिफाको यस्तो निर्णय निकै असामान्य मानिएको छ । रातो कार्डपछि लाग्ने स्वतः प्रतिबन्ध यसरी स्थगित गरिएको घटना विश्व फुटबलमा विरलै देखिन्छ । त्यसैले फिफाको निर्णय सार्वजनिक हुनासाथ यस’bout व्यापक चर्चा सुरु भएको छ । यता, बेल्जियम फुटबल संघले भने फिफाको निर्णयप्रति असन्तुष्टि जनाएको छ । संघले प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठाउँदै यस्तो निर्णयले सबै टोलीका लागि समान नियम लागू हुनुपर्ने सिद्धान्त कमजोर बनाएको प्रतिक्रिया दिएको छ । आवश्यक परे थप कानुनी विकल्प’bout पनि अध्ययन भइरहेको जनाइएको छ ।

अमेरिकी टोलीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले भने फिफाको निर्णयलाई स्वागत गरेका छन् । उनका अनुसार बालोगन टोलीका सबैभन्दा प्रभावशाली आक्रमणकर्ता भएकाले उनको पुनरागमनले अमेरिकाको आक्रमण पंक्ति थप मजबुत बनाउनेछ । बालोगन यस विश्वकपमा अमेरिकाका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

बालोगन यस विश्वकपमा अमेरिकाका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् । उनले महत्वपूर्ण गोल गर्दै टोलीलाई ‘अन्तिम–१६’सम्म पु¥याउन उल्लेखनीय भूमिका खेलेका छन् । त्यसैले बेल्जियमविरुद्धको निर्णायक खेलमा उनको उपस्थितिलाई अमेरिकाका लागि ठूलो राहतका रूपमा हेरिएको छ । फिफाको यस निर्णयले अहिले विश्व फुटबलमा अनुशासन प्रणाली, नियमको समान कार्यान्वयन र प्रतियोगिताको निष्पक्षतामाथि नयाँ बहस सुरु गराएको छ । आगामी दिन यस विषयमा थप प्रतिक्रिया आउने अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

दुई दिनमै ४ छोरी गुमाएकी विष्णु