कांग्रेसमा फक्रिँदै छ विशेष महाधिवेशनले रोपेको ‘विभाजनको बिउ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । आगामी १५औं महाधिवेशनसँगै पार्टी एकीकृत हुने कि विभाजन हुने स्पष्ट हुँदैछ । तर दुवै समूहको गतिविधि यही शैलीमा अघि बढ्दै गए १५औं महाधिवेशनसँगै पार्टी विभाजन निश्चित देखिएको नेताहरू बताउँछन् ।

गत पुस २०८२ मा भएको दोस्रो विशेष महाधिवेशनपछि स्पष्टरूपमा दुई धारमा विभाजित कांग्रेसमा अहिले समानान्तर गतिविधि तीव्र छ । विशेष महाधिवेशनमार्फत पार्टी सभापति भएका गगनकुमार थापाको संस्थापन पक्ष र १४औं महाधिवेशनको विरासत बोकेका पूर्वसभापति शेरबहादुर देउवा–पूर्णबहादुर खड्का (निवर्तमान कार्यवाहक सभापति)को इतर पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढेपछि कांग्रेसभित्रको ध्रुवीकरण सतहमा देखिन थालेको हो ।

२१ फागुन २०८२ को निर्वाचनमा बेहोरेको सांगठनिक क्षति र पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोग हुँदै न्यायालयबाट निरूपण भइसकेपछि पनि नेताहरूबीचको अहं र शक्ति संघर्ष भने कायमै छ ।

चुनदेवीमा सम्पर्क कार्यालय
संस्थापनइतर पक्षले आगामी १५औं नियमित महाधिवेशनलाई लक्षित गर्दै आफ्नो शक्ति सुदृढ पार्ने रणनीति अख्तियार गरेको छ । यता, सोमबार काठमाडौंको महाराजगन्जस्थित चुनदेवीमा इतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरी औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ ।

कार्यालयको उद्घाटन गर्दै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको वर्तमान नेतृत्वले सबैलाई समेटेर लैजान नसकेको आरोप लगाएका छन् । खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा देखिएका विवाद तथा पार्टीका पछिल्ला गतिविधि’bout आफ्ना धारणा राखेका थिए ।

‘विशेष महाधिवेशनको नाममा जसरी पार्टीको विधान र प्रक्रियालाई मिचेर नेतृत्व कब्जा गर्ने काम भयो, त्यसले कांग्रेसको जग नै हल्लाइदिएको छ । हामी पार्टीलाई फुटबाट जोगाउन निरन्तर संवादमा रह्यौं । तर संस्थापन पक्षबाट एकताको कुनै ठोस खाका आएन । अब हामी चुप लागेर बस्दैनौं । चुनदेवीको यो कार्यालय १५औं महाधिवेशनमा न्याय र वैधानिकताका लागि लड्ने हाम्रो कमान्ड सेन्टर बन्नेछ,’ खड्काले भने ।

उद्घाटनलगत्तै चुनदेवी कार्यालयमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका उपलब्ध सदस्यहरूको बैठक पनि बसेको थियो । बैठकपछि नेता मीनबहादुर विश्वकर्माले कांग्रेस हिजो पनि पहिलो पार्टी रहेको र हाल केही खस्किएको स्वीकार गर्दै पार्टीलाई पुनः मजबुत बनाउन सबै एक हुनुपर्नेमा जोड दिए ।

यो समूहले संस्थापन पक्षको एकलौटी निर्णयविरुद्ध देशव्यापीरूपमा प्रादेशिक भेला सम्पन्न गरिसकेको र चाँडै नै राष्ट्रिय भेला बोलाउने तयारी गरिरहेको छ ।

विश्वकर्माले पार्टीलाई विभाजनको संकटबाट जोगाउन शीर्ष नेता र केन्द्रीय सदस्यहरूले निरन्तर प्रयास जारी रहेको दाबीसमेत गरेका छन् । तर, पछिल्ला पाँच महिनामा एकताका लागि गरिएका प्रयासबाट कुनै ठोस परिणाम भने निस्किन नसकेको उनले बताए ।

नेता विश्वकर्माले निर्वाचन आयोग र अदालतबाट कानुनी मान्यता प्राप्त गरेको वर्तमान नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी र जिम्मेवार पहल गर्न नसकेको गम्भीर आरोपसमेत लगाए ।

सोमबारको बैठकले आगामी ६ साउनमा जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसलाई ऐतिहासिकरूपमा मनाउने निर्णयसमेत गरेको छ । यस कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गर्नका लागि मंगलबार पुनः बैठक बस्ने तयारी गरिएको छ ।

मंगलबार बस्ने बैठकले १५औं महाधिवेशनको भावी कार्यतालिका, नयाँ सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने सांगठनिक गतिविधि तथा देशव्यापी तयारीका ’boutमा थप महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद’bout थप टिप्पणी गर्दै नेता विश्वकर्माले वर्तमान नेतृत्वकै कार्यशैली र अडानका कारण पार्टी एकताको प्रक्रियामा मुख्य बाधा पुगेको दाबी गरे । पार्टीभित्र संस्थापन पक्षले लिएको विशेष महाधिवेशनको अडानकै कारण पछिल्लो निर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको जिकिर थियो ।

उनले आन्तरिक कलहकै परिणामस्वरूप पार्टी प्रतिनिधि सभामा ८९ सिटको बलियो उपस्थितिबाट खुम्चिएर ३८ सिटमा सीमित हुनुपरेको भन्दै नेतृत्वको गम्भीर समीक्षा हुनुपर्नेमा बताए ।

संस्थापनको ध्यान संवाद र डिजिटल संगठनमा
विशेष महाधिवेशनबाट कानुनी र राजनीतिकरूपमा स्थापित सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष भने पार्टीलाई आधुनिक र चलायमान बनाउन केन्द्रित भएको दाबी गर्दै आएको छ । संसदमा मुख्य विपक्षी दलको भूमिकामा रहेको कांग्रेसले हालै सरकारको कामकारबाहीको समीक्षा गर्दै संगठन सुदृढीकरणका कार्यक्रम अघि सारेको छ ।

पार्टीभित्र बढ्दै गएको दूरी र इतर पक्षको अलग्गै कार्यालय स्थापना’bout सभापति थापाले आफू अझै पनि सबै अग्रज नेताहरूलाई समेटेर अघि बढ्न तयार रहेको जनाएका छन् ।

‘हामीले कसैलाई निषेध गरेका छैनौं । म आफैँ निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइरालाको निवासमै पुगेर पार्टी एकताका लागि विभिन्न प्रस्ताव राखिसकेको छु । लोकतान्त्रिक पार्टीमा फरक मत हुनु सामान्य हो, तर अलग्गै गुटगत कार्यालय खोलेर समानान्तर गतिविधि गर्दा कार्यकर्तामा निराशा छाउँछ । म फेरि पनि आग्रह गर्छु, आउनुहोस्, संवादको टेबलमा बसौं र मिलेर कांग्रेसलाई देशको नम्बर एक शक्ति बनाऔं,’ थापाले भने ।

संस्थापन पक्षले अहिले देशभर डिजिटल माध्यमबाट क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने कार्यलाई व्यापक बनाएको छ । महामन्त्री प्रदीप पौडेलको संयोजनमा भइरहेको यो कार्यले पार्टीलाई पारदर्शी र प्रविधिमैत्री बनाउने संस्थापनको दाबी छ । तर, इतर पक्षले भने नयाँ सदस्यता अद्यावधिमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै तत्काल यो प्रक्रिया रोक्न माग गरिरहेको छ ।

यसैबीच कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको अवधि पुनः थप गरेको छ । कांग्रेस महामन्त्री पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय अब ३ साउनसम्म कायम रहने गरी थप गरिएको हो । यसअघि तोकिएको समयसीमा पर्याप्त नभएको निष्कर्षसहित पार्टीले सदस्यता वितरणलाई थप प्रभावकारी बनाउन अवधि बढाउने निर्णय गरेको हो ।

महामन्त्री पौडेलले पार्टीका सम्बन्धित सबै निकायलाई थपिएको समयसीमाभित्र सदस्यता वितरणको काम सम्पन्न गर्न आग्रह गरेका छन् । यसअघि कांग्रेसले नयाँ सदस्यताका लागि २० असारसम्मको समय तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ ।

विवादको चुरोः क्रियाशील सदस्यता र १५औं महाधिवेशनको दाउपेच
कांग्रेसभित्रको यो आन्तरिक द्वन्द्वको मुख्य चुरो आगामी १५औं महाधिवेशनको नेतृत्व र क्रियाशील सदस्यता वितरणसँग जोडिएको छ । इतर पक्षको शीर्ष बैठकले संस्थापन पक्ष एकतर्फी ढंगले अगाडि बढेका कारण आगामी महाधिवेशन ‘सहमति वा एकताको महाधिवेशन’ हुने सम्भावना एकदमै कम रहेको निष्कर्ष निकालेको छ ।

दुवै पक्ष आगामी महाधिवेशनमा आफ्नो बहुमत सुनिश्चित गर्न अहिलेदेखि नै तल्लो तहसम्म शक्ति प्रदर्शनमा उत्रिएका छन् । इतर पक्षले वैधानिकताको प्रश्न उठाउँदै देशव्यापी भेला मार्फत कार्यकर्ता फकाउने रणनीति लिएको छ भने संस्थापन पक्ष संस्थागत अधिकार र प्रविधिको प्रयोग गर्दै आफ्नो पकड बलियो बनाउन लागिपरेको छ ।

पार्टीभित्र समन्वय गरिरहेका दोस्रो तहका नेताले भने दुवै पक्ष जिम्मेवार नभए कांग्रेस इतिहासकै ठूलो विभाजनको संकटमा फस्ने चेतावनी दिँदैआएका छन् । दुवै पक्षले वार्ताका लागि ढोका खुल्ला रहेको बताए पनि व्यावहारिक रूपमा भने सम्बन्ध झन्झन् चिसिँदै गएको देखिन्छ ।

कांग्रेसभित्रको विवाद समाधानसँगै आगामी महाधिवेशनको तयारी तीव्ररूपमा अगाडि बढेको छ । महाधिवेशनलाई सम्पन्न गर्नका लागि तयारी पनि अगाडि बढाइएको छ । गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५औं महाधिवेशनको ’boutमा पार्टीको केन्द्रीय निर्वाचन समितिले छलफल गरेको छ । महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम (इलेकट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।

कांग्रेसको १५औं महाधिवेशन आगामी १६–१९ असोजमा काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशनको कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिले आफ्नो तर्फबाट तयारी थालेको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आगामी महाधिवेशनमा प्रविधिलाई प्राथमिकता दिने गरी तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार, सय दिन र संशय