‘तिरिमिरी झ्याइँ’ सुरु, धिरेन शाक्यसँगै दले दाइ पनि नायक

काठमाडौं । हास्यब्यंग्य रियालिटी सो कमेडी च्याम्पियनबाट कला क्षेत्रमा ‘दले दाइ’ नामबाट उदाएका कलाकार सुमन कोइराला चलचित्रमा नायकको रूपमा चयन भएका छन् । अभिनेता धिरेन शाक्यसँगै नयाँ चलचित्र ‘तिरिमिरी झ्याइँ’मा सुमन मुख्य भूमिकामा जोडिएका हुन् ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तिरिमिरी झ्याइँ’को बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच शुभ मुहूर्त गरिएको छ । यो चलचित्रको छायांकन २९ असारबाट काठमाडौं देखि सुरु हुने निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा धिरेन शाक्यसहित सुमन कोइराला, आभास अधिकारी, सरोज अर्याल, रियर राई,सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहने छ ।

यस चलचित्रलाई समीरले निर्देशन गर्दै छन्। मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले यो चलचित्र पूर्ण हास्य जनरामा तयार गर्न लागिएको बताए । चलचित्र नाम नै हास्य जनराको भएको पनि उनले स्पष्ट पारे । चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रवीण)ले पनि पारिवारिक कथामा हास्य प्रधान चलचित्र भएका कारण आफू निर्माताको रूपमा ‘तिरिमिरी झ्याइँ’मा जोडिएको बताए ।

यो चलचित्रका कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारी हुन् । आभासले आफ्नै समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास यसबाट गर्न लागेको बताए ।

यसमा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत, गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको संयुक्त पटकथा, सम्वाद लेखन रहेको छ । यस्तै यो चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, दिलमाया रोकाको श्रृंगार, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले निकाले करोडौं रकम