वीरगन्ज । वीरगन्जको ठूलो स्वास्थ्य शैक्षिक संस्था भन्ना साथ नेशनल मेडिकल कलेज –एनएमसी) को नाम लिने गरिन्छ । यो कलेजले अध्ययन बी.एस्सी. नर्सिङ तर्फ १४ औँ ब्याच पनि सफलता पूर्वक अध्यापन पूरा गरेको छ । सोमबार बीएस्सी नर्सिङ तर्फ १४ औं व्याचका विद्यार्थीहरू विदाइ गर्नु यसैको नमूना हो ।
कलेजका नर्सिङ निर्देशक प्राध्यापक गंगा गुरुङको अध्यक्षतामा एनएमसीले यहाँ भव्य कार्यक्रम गरी नर्सिङ्ग तर्फको १४ औं ब्याच पूरा गरेका विद्यार्थीहरुलाई यहाँ रहँदाको मायाको चीनो प्रदान गर्दै सम्मान गरेको छ । कलेजले आगामी व्यावसायिक जीवनको विद्यार्थीहरुलाई शुभकामना पनि दिएको छ । सो क्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले अध्ययन मात्र महत्वपूर्ण नभई त्यसको व्यवहारिक प्रयोग र निरन्तरताले अध्ययन गरेको वास्तविक स्तर पुष्टि गर्ने बताए । उनी कार्यक्रमका प्रमुख अतिथि पनि थिए ।

कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले पनि अध्ययन गरेको सिकेको कुरालाई भविष्यमा अक्षरस पालना गर्दै अझ प्रष्ठित भएर अगाडी बढ्न विद्यार्थीहरुलाई शुभकामना पनि दिए । कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, एडमिशन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान, नर्सिङ क्याम्पसकी भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंह तथा मेट्रोन विकास कुमारलगायतको सहभागिता रहेको कार्यक्रम निकै मनमोहक थियो ।
राष्ट्रिय गान, दीप प्रज्वलन गर्दै सुरुवात भएको कार्यक्रममा स्वागत नृत्य, बिदाइ मन्तव्य तथा अतिथिहरूको शुभकामना आदान प्रदान र सम्मान गर्दै समापन भएको थियो । सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै विशेष भिडियो प्रस्तुति मार्फत कलेजमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गरी सहभागीहरुलाई भावुक पनि बनाएका थिए ।
केक काट्ने, तथा सामूहिक फोटो खिच्ने क्रमले भने कार्यक्रमको भावुकतालाई तोड्दै सम्झनाको रोमाञ्चक माहोल पनि बनाएको थियो । शैक्षिक यात्राको सफल र उज्ज्वल व्यावसायिक गर्भिलो जग बसाउन उच्च योगदान दिने कलेज र कलेज परिवार प्रति बी.एस्सी. नर्सिङ १४ औँ ब्याचका विद्यार्थीहरूले हार्दिक आभार पनि व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
कक्षाकोठाबाट खेतसम्म : विद्यार्थीलाई कृषिसँग जोड्दै हिमालय इङलिस स्कुल
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
सुनसरीका निजी विद्यालयमा शैक्षिक सुधारको पहल
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
साजिलाल माविको अध्यक्ष चयन विवादमा
आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता






