काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले मंगलबार भएको सुनुवाइपछि अहिराजलाई उक्त मुद्दामा कसुरदार ठहर गरेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दोषी ठहर गर्ने फैसला सुनाउँदै सजाय निर्धारणका लागि आगामी ३२ गते पेशी तोकेको छ । सजायको मात्रा भने सोही दिन हुने सुनुवाइपछि तय गरिने अदालतले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)






