आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् ।

भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता