सर्लाही । प्रेमिकालाई बोलाइदिन माग राखेर नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका युवकको सुरक्षााका लागि प्रहरी परिचालन गरिएको छ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका हुन्।
टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटना’bout सुरक्षा निकायलाई जानकारी गराइएको थियो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई बोलाइदिन माग गरेका छन्।
“प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। उनलाई सम्झाइ–बुझाइ गरेर सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको छ,” डीएसपी गौतमले भनेका छन्। युवकको सुरक्षाका लागि प्रहरी, सेना, र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
सप्तरी कारागारमा कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
सरकारको १०० दिनः आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
नेपालको युवा नेतृत्व र सुधार प्रेरणादायीः एडीबी अध्यक्ष
अर्जेन्टिना–इजिप्ट खेलमा भिएआर विवाद के थियो ?
रवि–बालेनबीच ६०–४० अनुपातमा बाँडफाँड गृहकार्य
एमाले पुनर्गठन कार्यदलमा ओलीको पनि उपस्थिति
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
अन्ततः बग्दादकै माटोमा विलिन भइन् सञ्चमाई






