काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज (आइतबार) साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् । भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)
सम्बन्धित समाचार
बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
१५ जना ‘स्मार्ट’ आमा सम्मानित
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा
राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
श्रृङ्गेश्वर धाममा एक महिना पुष्करिणी स्नान महोत्सव हुँदै
आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन






