कञ्चनपुरमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

धनगढी । कञ्चनपुरमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला परेका छन् । आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा च्याउ खोज्न गएका महिलामध्ये अन्तिम तीन जना– लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान करिब पौने ६ बजे टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसी नेतृत्वको टोलीले उनीहरूको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

प्रहरीका अनुसार वर्षाका कारण लागेको बाक्लो कुहिरोका कारण उनीहरू जंगलमा अल्मलिएर घर फर्किने बाटो बिर्सिएका थिए । त्यसपछि उनीहरू परिवार र सुरक्षाकर्मीको सम्पर्कबाट बाहिर रहेका थिए ।

उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले सम्पर्कविहीन भएका सबै महिलालाई सकुशल फेला पारेर आ–आफ्नो घर पठाइसकिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

स्मार्ट टेलिकममा ‘स्मार्ट छलछाम’ : स्मार्ट सेल लिलाम प्रक्रियामा एनसेलका कर्मचारीले नै उठाए प्रश्न