दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।
कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो । संकलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८ लाख ६६ हजार, अन्तस्शुल्कतर्फ रु ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ रु १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर संकलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो ।
करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन् । जेन जेड आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजात जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन । केही समय तुलसीपुर उद्योग वाणिज्य संघको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ ।
करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तस्शुल्क इजाजत पत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए।
सम्बन्धित समाचार
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा
राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
अनियमित खर्चको बिगबिगी, स्याङ्जाका पालिकाहरूमा कानुनविपरीत खर्च
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण






