काठमाडौं । अहिले मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको सरकार र निजी क्षेत्रको दाबीसँगै आगामी पाँच महिनाभित्र विभिन्न ग्रेटको स्वदेशी सिमेन्ट बजारमा आउने भएको छ । बुधबार सरकार सडक विभाग र सिमेन्ट उद्योग संघको संयुक्त आयोजनामा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले आगामी ४÷५ महिनाभित्र विभिन्न ग्रेटको सिमेन्ट बजारमा आउने बताएका हुन् ।
उनले देशको आर्थिक सामाजिक विकासका लागि सडक पूर्वाधार विकासले अग्रणी भूमिका निर्वाह गर्ने तथ्यलाई अंगिकार गरी सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बर्सेनि उल्लेखनीय बजेटको व्यवस्था गर्ने गरेको बताए । उनले निर्माण भएका सडकको दिगोपन तथा गुणस्तर सुनिश्चित गर्न सके मात्र अपेक्षा गरेअनुसार सबै सेवाग्राहीले उचित फाइदा लिई देशको चौतर्फी विकासमा योगदान दिन सक्ने बताए ।
यदि, विभिन्न कारणवश निर्माण भएका सडकको आवश्यकताअनुसार मर्मत सम्भार हन नसकेको कारणबाट एकातिर मर्मत खर्चमा वृद्धि भई थप व्ययभार थपिएको छ भने अर्कोतिर जनताको आर्थिक समृद्धि तथा विकासमा नकारात्मक असर पर्न गएको भन्दै उनले यसरी आयात गरिने सामानको गुणस्तर निश्चित गर्नुका साथै सहज उपलब्धतामा पनि कठिन हुने भएकाले सचेत रहन आग्रह गरे । प्राविधिक ज्ञानको कमीले गर्दा पनि यसरी निर्माण गरिने कार्यले दिगोपन सुनिश्चित गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
यसैगरी, अध्यक्ष थापाले प्रचुर मात्रामा स्वदेशमा नै उत्पादन हुने सिमेन्ट प्रयोग गरी सिमेन्ट कनक्रेट पेमेन्ट गर्न सकेमा चौतर्फि फाईदा पुग्ने बताए । उनले यसबाट स्वदेशी उद्योगलाई टेवा पुग्नुको साथै स्थानीयस्तरमा रोजगारीमा वृद्धि हुने र गुणस्तरको सुनिश्चितता कायम गर्ने तथा अन्य सकारात्मक प्रभाव पर्न जाने भएकाले यस प्रविधिलाई व्यापक मात्रामा प्रयोग गर्न आवश्यक रहेको बताए ।
सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोख्रेलले अहिले मुलुक स्वदेशी सिमेन्टमा आत्मनिर्भर भएको दाबी गर्दै अब निर्माण हुने सडकलाई कसरी लामो समय टिकाउ हुने उच्च गुणस्तरीय बनाउन सकिन्छ भन्ने ’boutमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले निजी क्षेत्रसँग हातेमालो गर्न सडक विभागले यस संघसित गरेको यस्तो कार्यक्रम निकै फलदायी र उपलब्धीमूलक हुने अपेक्षा गरिएको बताए । उनले पनि पूर्वाधारको काम छिटो र गुणस्तरीय बनाउन सबैको ध्यान कन्द्रित हुनुपर्ने बताए । उनले सडक निर्माण भएको १५ दिनमै बिग्रिने समस्या समाधान गरी गुणस्तरीय बनाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए ।
उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सिमेन्ट उद्योगलाई अधिकतम सेवा दिने बताए । उनले जुन उद्योग देशका लागि महत्वपूर्ण हुन्छ, जसले देशमा बढी राजस्व तिरिरेहेको हुन्छ, देशको अर्थतन्त्रमा ठूलो टेवा पुगेको दाबी गरे । उनले अब यस्ता उद्योगलाई सरकारले सहयोग गर्ने नीति लिएको बताए ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक निर्माणको गुणस्तरीयताको विशेषता र महत्व’bout जानकारी गराएका थिए । यसअघि संघीय सांसदको सार्वजनिक लेखा समितिले सिमेन्टको ग्रेडिङलाई खुला गर्ने निर्णय गरेको थियो । समितिको सोही निर्णयअनुसार उद्योगीले सिमेन्टको ग्रेट ४३ ÷५३ बनाउनुपर्ने भएको थियो ।
सो अन्तक्रिया कार्यक्रममा स्वरोजगार सिर्जना गर्न मद्दत मिल्ने तथ्यको समेत छलफल गरिएको थियो । यसैगरी, विशेषः वर्षायाममा सडक बिग्रन गई मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पनि कसरी गुणस्तरीय एवं प्रभावकारी काम गर्न सकिन्छ भन्ने विषयमा बहस गरिएको थियो ।