काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् ।
प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट चार लाख रुपैयाँ र कविताले युएई पठाइदिने भन्दै एक लाख आठ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा खोजतलास गरिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
लागूऔषधको डरलाग्दो लत
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
महानिर्देशक अधिकारीविरुद्ध पौने २ करोडको घुस मुद्दा
असार नसकिँदै रित्तियो आँप
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी






