काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान ११:३० बजे छलफल गर्नेछन्।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
संसदमा राजेन्द्र राईको अभिव्यक्तिपछि विवाद
पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप
संसदमा विपक्षी सांसदमाथि किन खनिए गृहमन्त्री ?
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
बागमती सरकारबाट बाहिरियो एमाले






