बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै पाल्हीनन्दनमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या तीन पुगेको छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन सङ्क्रमित कोरोनामुक्त भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा