पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुदा चाललको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ छहरागैरामा भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ आउदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर दुर्घटना भएको हो । गएराती करिब ११ बजे छहरागैरामा आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते चालक लम्तरीको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो । उनको बुटवल स्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारण’bout थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा