नाटक महोत्सवमा गिनुमा र सफल उत्कृष्ट

काठमाडौं । ‘११औं राष्ट्रिय बालनाटक महोत्सव–२०७६’ १८ वटा नाटक मञ्जन गर्दै बुधबारबाट सम्पन्न भएको छ । शैली थिएटरको आयोजनामा यो महोत्सव विगत ८ दिनदेखि काठमाडौंका कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो ।

महोत्सवमा १७ वटा नाटक प्रतियोगीका रूपमा थिए । एउटा नाटकलाई शैली थिएटरले अप्रतियोगी नाटकका रूपमा मञ्चन ग¥यो । यस महोत्सवमा बुधबार विभन्न ६ वटा विधामा उत्कृष्ट घोषणासहित उनीहरूलाई पुरस्कार र सिल्ड प्रदान गरिएको छ । महोत्सवमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार क्रियटिप एकेडेमी कीर्तिपुरको नाटक ‘आनमया’बाट गिनुमा लिम्बूलाई प्रदान गरियो । यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड रिलायन्स पब्लिक स्कुलद्वारा प्रस्तुत नाटक ‘ड्रग्स एब्युज’बाट सफल बस्नेतले प्राप्त गरे । दुवै जनालाई पुरस्कारस्वरूप जनही १० हजार रुपैयाँ, प्रमाणपत्र र सिल्ड प्रदान गरियो ।

यस्तै, उत्कृष्ट नाटक निर्देशकको अवार्ड यो महोत्सवमा लिभरपुल स्कुलको नाटक ‘टीका’बाट आभा शर्मा नेपालले उत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरिन् । वृस्पति विद्यासदन स्कुलको प्रस्तुति रहेको नाटक ‘एक’ ले उत्कृष्ट नाटक पुरस्कार जितेको छ । यसका लेखक एवं निर्देशक मनोज तामाङले कार्यक्रममा पुरस्कार ग्रहण गरे । यी दुवै पुरस्कारको राशिस्वरूप विजेतालाई जनही ७ हजार रुपैयाँ, सिल्ड र प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा युरोप जंग थापाले ‘काठमाडौं बोर्डिङ स्कुल कति पढिस?’ नाटकका लागि बालकोसेली प्रोत्साहन पुरस्कार प्राप्त गरे । वृहस्पति विद्या सदन स्कुलको प्रस्तुति रहेको नाटक ‘एक’ का लागि अनुप्रास पाण्डेले पब्लिक च्वाइस पुरस्कार प्राप्त गरे । थापा र पाण्डे दुवैले जनही ५ हजार रुपैयाँ प्रमाणपत्र र सिल्ड प्राप्त गरे ।

यो नाटक महोत्सवका निर्णायकमा नाटक निर्देशक तथा अग्रज कलाकार देशभक्त खनाल, पत्रकार एवं समीक्षक सुशील पौडेल नाट्यकर्मी सरस्वती चौधरी थिए । तीनै जनाको टोलीले पुरस्कार विजेता चयन गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्