खार्तुम । सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्वराष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारूढ परिषद्का एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिए । हेगस्थित अदालत (आईसीसी)ले बसिर र उनका अरू तीन जना सहयोगमाथि आमहत्या, मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ ।
‘आईसीसीले दोषी ठहर गरेका व्यक्तिहरू सबैलाई हेग पठाइनेछ,’ परिषद्का सदस्य मोहम्मद हस्सन अल–टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिए, ‘सिफारिस गरिएकामा एक जना अल–बसिर र अरू तीन जना छन् ।’ उनले यी चारै व्यक्तिलाई कहिले आईसीसीसमक्ष हस्तान्तरण गरिन्छ भन्ने स्पष्ट पारेनन् ।
टाइसेले डार्फरका विद्रोही समूहसमक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिए । डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब ३ लाख मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका छन् ।
टाइसेले डार्फरमा शान्ति स्थापना गर्ने सन्दर्भमा युद्ध अपराधको छानबिन गर्न एउटा विशेष अदालत गठन गर्ने’boutमा पनि विचार विमर्श भइरहेको बताए । जुबामा जारी वार्तामा सहभागी विद्रोही समूहका एक सदस्यले पनि सरकारी तयारी’bout जानकारी दिएका छन् ।
वार्तापछि विद्रोही प्रतिनिधिमण्डलका सदस्य निमिर मोहमद अब्दुरहमानले युद्ध अपराधका मुख्य दोषीलाई आईसीसीसमक्ष हस्तान्तरण गर्ने सरकारी प्रयत्न सराहनीय रहेको बताउँदै अबका दिन शान्ति र न्यायका लागि सरकारले उचित कार्य गर्ने विश्वास व्यक्त गरे । डार्फरमा अल्पसंख्यक अफ्रिकी समुदायले तत्कालीन अरब–समर्थित अल–बसिरको सरकारविरुद्ध सशस्त्र विद्रोह गरेका थिए । उनीहरूले अफ्रिकी अल्पसंख्यक समुदायमाथि बसिरको सरकारले आर्थिक र राजनीतिक विभेद गरेको आरोप लगाउँदै आएका थिए ।
सुडान सरकारका प्रवक्ता फैजल मोहम्मद सलिहले पनि पूर्वराष्ट्रपति अल–बसिर र उनका तीन सहयोगीलाई आईसीसीसमक्ष हस्तान्तरण गर्न लागिएको जानकारी दिए । बसिरको शासनविरुद्ध जनताले महिनौंं प्रदर्शन गरेपछि गत वर्ष अप्रिलमा सेनाले बसिरलाई पदच्युत गरेको थियो । करिब तीन दशक शासन गरेका बसिरलाई हाल भ्रष्टाचारको अभियोगमा दुई वर्षको सजायसहित हिरासतमा राखिएको छ ।
बसिर विरोधी प्रदर्शनकारी, डार्फरका बासिन्दा तथा विद्रोही समूहले बसिरलाई आईसीसीसमक्ष हस्तान्तरण गर्न माग गरिरहेका छन् । आईसीसीले दोषी ठहर गरी पक्राउ पुर्जी जारी गरे पनि बसिरले आफू सत्तामा रहँदा रसिया र चीनसमेतका कतिपय देशको औपचारिक भ्रमण गरेका थिए ।