जनकपुरधाम । दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती पुगेको छ ।
धनुषाको ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन् ।
जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल । स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको बताए ।
जनताले पुल छिट्टै तयार हुने अपेक्षा गरे पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निरासा बढेको छ । निर्माणकार्य अधुरो रहँदा जनताका अपेक्षा पूरा हुन सकेन । निर्माण ठेक्का २०७६ साल जेठ २५ गते नागार्जुन हेम जेभीसँग भएको थियो । निर्माण लागत रु १३ करोड ९५ लाख ६४ हजार ३३८ मा सम्झौता भएको हो ।
सडक डिभिजन कार्यालय जनकपुरधामले २०८२ माघ १७ गते पुल निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिएको छ । पुल निर्माणमा भएको ढिलाइका कारण सडक डिभिजन कार्यालय जनकपुरधामले नागार्जुन हेम जेभीसँगको ठेक्का सम्झौता तोडेको प्रमुख इन्जिनियर दारोगा प्रसादले बताए ।
ढल्केबर–जनकपुर–जटही छ लेन सडक मधेस प्रदेशकै महत्त्वपूर्ण सडक आयोजना हो । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले पुलको निर्माण थालनी गरिएको थियो ।
सम्बन्धित समाचार
अविरल वर्षाका कारण प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित
पानीधारा र चुमखोलामा पहिरो, आवागमन ठप्प
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध
बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग






