हिजो घटेको सुनचाँदीकै भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । सुन र चाँदी दुवैको मूल्य आज बढेको छ । आज सोमबार सुन तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

दाह्रा काटिएको धुर्बे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन