हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ । वर्षायाममा स्थानीयलाई औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाट जाने बाटोसमेत नहुँदा आफूहरुलाई मर्का परेको उनीहरुको दुखेसो छ ।
हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीका अनुसार उक्त स्थानमा पुल निर्माणको योजना कार्यान्वयनको क्रममा छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन
बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना






