ढल्केबर ट्रमा सेन्टर’bout जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन

काठमाडौं । सभामुख डीपी अर्यालले सदनमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले राखेको विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिएको भन्दै विरोधमा दिनभर सदनमै अनसन बस्ने घोषणा गरेका थिए । तर, सभामुखको आग्रहपछि उनले आफूले राखेको विषयमा अर्थ या स्वास्थ्य मन्त्री आएर जवाफ दिनुपर्ने अडान राखे ।

सभामुखले सरकारलाई निर्देशन दिएपछि सांसद यादव बसे, र सभामुखले सदन अघि बढाए।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला