लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

Birth place of Buddha , Lumbini.Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियान’bout छलफल गरेको छ ।

स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनसम्बन्धी ‘प्याकेज’’bout जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस तथा अन्य आरोग्य सेवा रहेको बताए ।

लुम्बिनी प्रदेश होटल एसोसिएसन अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब आरोग्य पर्यटनको बजारीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाइ बढाउन सकिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

कोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु भएको पुष्टि