रौतहट । रौतहटको लालबकैया नदीमा हिजो मंगलबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव आज बुधबार बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान देवाही गुनाही–२ लक्ष्मीनियाका १० वर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको हो । घटनास्थलबाट करिब साढे २ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रमा लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले बताए । अर्का एकजनाको खोजी कार्य भइरहेको डिएसपी गौतमले बताए ।
फेला परेको दुवै बालबालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइरहेको तथा बेपत्ता भएकी बालिकाको खाजी कार्य जारी रहेकोसमेत उनले जानकारी दिए ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा हिजो दिउँसो नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए ।
सम्बन्धित समाचार
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
न्यायको पर्खाइमा महिला अधिकारकर्मी
सुनसरी अझै अशान्त, सद्भाव कायम गर्न अपिल
धिमाल समुदायको मातृभाषा संरक्षणमा जोड
जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन
सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
सहकार्यमा जुटे ७ दल, ‘अग्रगामी मोर्चा’को गृहकार्य






