आज यी जिल्लामा छ बाढीको जोखिम, सचेत रहन आग्रह

काठमाडौं । आज (बिहीबार) पनि देशका विभिन्न स्थानका खोला तथा नदीमा बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज ११ जिल्ला तथा यस आसपास भएर बग्ने खोलारनदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको हो।

बाढी महाशाखाद्वारा बिहान जारी बुलेटिनमा भनिएको छ, ‘आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ