धनुषा डिष्टिलरीले आईपीओ जारी गर्ने

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले सेयर बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ।

सन् १९९८ मा स्थापित यस कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ। हाल यस डिष्टिलरीले बजारमा ‘मुस्ताङ गोल्ड ह्विस्की’ र ‘मुस्ताङ भोड्का’ जस्ता प्रिमियम ब्रान्डहरू बिक्री वितरण गर्दै आएको छ। आगामी दिनमा उत्पादन विविधीकरण गर्दै नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्ने लक्ष्य कम्पनीले लिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने