काठमाडौं । अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ ।
बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
जाजरकोटको दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय प्रहरी चौकीबाट प्रहरी जनशक्ति प्रभावित क्षेत्रतर्फ खटाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
जाजरकोटमा भूकम्पको धक्का
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिक पक्राउ
विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो : ‘अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनू’
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
ग्यासको कालोबजारी रोक्न खटाइयो प्रहरी






