टिपर दुर्घटनाका घाइते भन्छन्, ‘हामीलाई जबरजस्ती हुलेर दुर्घटना भएको हो’

कालिकोट । लालिघाट टिपर दुर्घटनाका घाइतेहरुले गाडीवालाहरुले जवरजस्ती टिपरमा हुलेर दुर्घटना गराएको बताएका छन । ‘२० जना भन्दा बढी नअड्ने टिपरमा ३८ जना कसरी लिन सक्नुहुन्छ, । हामीसंग गर्भवती महिला र बालवालिका छन्, ‘हामी जादैनौं बरु फेरि अर्को पटक लिन आउनु होला भन्दै थियौँ, टिपरवालाहरुले जवरजस्ती हाम्रो झोला र गुन्टा गाडीमा राखिदिए आधा गाडीमा बसिसकेका थिए । आधा गाडीमा चढ्दै थियौँ । टिपरमा खुट्टा राख्ने पनि ठाउँ नहुँदा हामी केही गाडीबाट झर्यौं र चालकसंग हामी जादैनौं वरु हिँडेर भएपनि क्वारेन्टाइन पुग्छौँ । यसरी जान सक्दैनौं भन्दा गाडी चालकले उल्टै तिमीहरुको बाहुको गाडी हो र ? पटक पटक लिन आउने भन्दै धम्काए’, दुर्घटनाका घाइते मनोज सार्कीले भने ।

‘भारतको गुजरातबाट आएकाहरु पनि टिपरमा चढेका थिए । हुनत हामी पनि भारतबाटै आएका हौँ । तर, हामी भारतको हिमाली क्षेत्रमा काम नगरेर कोठामा सुरक्षित बसेका थियौं । गुजारातबाट आएकाहरुसंग जाँदैनौं भनेका पनि थियौँ तर चालकले रिसाएर गाडी कुदाए’, उनले भने, ‘गाडी चालकले बाहु गाली दिएपछि आफुहरुले जाँदैनौ भन्दै झरर्न खोज्दै थियौँ, टिपर तिब्र गतिमा कुदाए । अनि चालक गाडीबाट हामफाले टिपर नदिमा खस्यो । हामीहरु सडकमै हामफलेर बाच्यौँ । गर्भवती महिला र बालवालिकाले हामफल्न सकेनन् ।’

उनले दुखेको पोख्दै भने, ‘भारतबाट जसो तसो नेपाल आयौँ । कोरोनाले मरेपनि अब आफनो जिल्लामा पुगिसकेका छौँ । आफै घरमा मरौंला । घर नपुग्दै केहीले बिचबाटोमा ज्यान गुमाउनु पर्यो । बाँचे पनि सारै धिक्कार लागेको छ । साथका दाई र बहिनी गुमाउनु पर्दा सारै दुख लागेको छ । आफुहरु चिल्ला सुविधा सम्पन्न गाडीमा सवार गर्ने, हामीलाई बालुवा र माटो बोक्ने टिपरमा भेडाबाखा्र हुलेझैं ओसारपोसार गर्नु सरकारलाई लाज लाग्नु पर्ने हो । त्यहि पनि क्षमता भन्दा बढी । एउटा टिपरमा ३८ जना हाल्दा प्रहरी पनि नजिकै थिए । उनीहरु केहि बोलेनन् । नागरिकहरुको सुरक्षामा खटिएको प्रहरीले पनि नियम मिच्दा मुखदर्शक बनेर हेरिरह्यो । अहिले केहीले ज्यान गुमाएका छन् । हामी घाइते छौँ’, उनले अस्पतालको बेडमा पल्टिएर गुनासो पोखे ।

उता रास्कोट नगरपालिकाले भने क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना भएको जनाएको छ । नगरपालिकाकै टिपर र नगरपालिकाकै नागरिक भएको हुनाले उनीहरुको जिम्मा आफुहरुले लिने नगर प्रमुख काशिचन्द बरालले बताए । टिपर चालक रंगराज धमलाले गाडीको वे्रकफेल भएर दुर्घटना भएको बताएका छन् ।

यस्तै लालिघाटमा भएको टिपर दुर्घटनाकी घाइते २० वर्षीय निस्पता सार्कीको काठामाडौंको किष्ट अपस्पतालमा निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते निस्पताको हिजो नेपाली सेनाको हेलिकप्टर आर्फत उपचारको लागि काठमाडाँै लगिएको थियो । हेलिकप्टरमा उद्धार गरी उपचार शुरु गरेको केहि समयपछि निस्पताको निधन भएको अस्पताल सो्रतले जानाएको छ । निधन भएका निस्पताको दाहासंस्कार गरिएको छैन । टिपर दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना अझै वेपत्ता रहेका छन । बेपता रहेका रास्कोट नगरपलिका वडा नं. २ निवासी ४ वर्षीय सरिता र वडा नं. ३ कि मन्ना कुमाल रहेकी छन् । घाइते १० जनालाई जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
लालिघाट पिटर दुर्घटनाका घाइते

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग