राजविराज । तिब्रगतिमा चलाइएको मोटरसाइकल अनियन्त्रित भई दुर्घट्नामा पर्दा दुईजनाको दुई जनाको ज्यान गएको छ । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ चिमटीमा गएराति भएको दुर्घट्नामा दुईजनाको ज्यान गएको हो ।
पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६–प २४९६ नंम्बरको मोटरसाइकल ओभरस्पिडको कारण कल्भर्टमा ठोक्किएर सडक देखि अन्दाजी १५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका १ राम टोल बस्ने ३५ वर्षीय संतोष राम र पछाडि सबार ४५ वर्षीय शंकर रामको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा सन्तोषलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
शंकरको सामान्य उपचार पश्चात थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवत्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिए । मृतक दुबैको शव पोष्टमार्टमको लागि अस्पातल पुर्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रंहरी कार्यालय सप्तरीले जनाएको छ ।












