काठमाडौं । काठमाडौं जिल्ला अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
उता श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनलाई लिएर आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित मिति २०८३।५।१ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक–एकप्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ ढकालको इजलासले भनेको थियो, ‘साथै उक्त मिति २०८३।५।१ गतेका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी निज बन्दीका विरुद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला ।’
उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम
पूर्वाधारमन्त्री लम्सालले रोहिणीबाट मन्त्रालय चलाउने
वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित
वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव
प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुँदैछन् यी चार विधेयक, चारवटा संसदीय समितिको बैठक पनि बस्दै
एक वर्ष कार्यकाल बाँकी रहँदै सञ्चारसचिवसहित दुई सचिवले दिए राजीनामा






