नेपालले खेल्ने तेस्रो सिरिज पनि स्थगित

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत खेल्ने तेस्रो अवे सिरिज पनि स्थगित भएको छ । नेपालले ४ जुलाईदेखि ११ सम्म आफ्नो तेस्रो अवे त्रिकोणात्मक सिरिज स्कटल्यान्डमा नामिबियासँग खेल्ने कार्यक्रम थियो ।

तर, क्रिकेट स्कटल्यान्डले बिहीबार ४ जुलाईदेखि ११ सम्म स्कटल्यान्ड, नेपाल र नामिबियाबीच हुने तय भएको त्रिकोणात्मक एक दिवसीय सिरिज सरेको जनाएको छ । आईसीसीले यसअघि जुन ३० भन्दा अघि हुने सम्पूर्ण प्रतियोगिता स्थगित गर्दा नेपालको तालिकामा रहेको दुई अवे सिरिज पनि सर्न पुगेको थियो । यसअघि नेपालको अप्रिल २० देखि २७ सम्म नामिबियामा स्कटल्याडसँग खेल्ने सिरिज सरेको थियो । त्यस्तै, नेपालले जुन ९ देखि १६ सम्म पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (यूएई)सहित हुने त्रिकोणात्मक सिरिज पनि सरेको थियो ।

अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्नेछ । कोरोनाको प्रभाव नदेखिएमा नेपालले अब आईसीसी विश्वकप लिग–२ मा त्रिकोणात्मक सिरिज २०२१ मा खेल्नेछ । २०२१ को जनवरीमा ओमानमा नेपाल र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ । २०२१ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम छ । नेपालले गत माघमा घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल ओमानसँगको दुवै खेलमा पराजित भएको थियो । अमेरिकालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने