काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित वासुदेव खोलाको बाढीमा बेपत्ता १२ वर्षीया विनिता भोलन मृत फेला परेकी छन् ।
हिजो मंगलबार स्कुलबाट घर फर्किने क्रममा खोला तर्दा बगेकी उनको शव आज बुधबार बिहान बगाएको स्थानभन्दा करिब २ किलोमिटर तल फेला परेको हो । उनी स्थानीय राजकुमार भोलनकी छोरी हुन् ।
खोला तर्ने क्रममा उनीसँगै बेपत्ता भएकी ११ वर्षीया सुमित्रा भोलन भने अझै भेटिएकी छैनन् । सुमित्राको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधि आज बिहानैदेखि खोजीमा जुटेका छन् ।
मंगलबार दिउँसो वासुदेव खोलाले उनीहरूसहित ४ बालिकालाई बगाएको थियो । जसमध्ये १३ वर्षीया सीमा भोलन भने बाढीबाट निस्कन सफल भएकी थिइन् भने ८ वर्षीया रोशनी स्याङ्ताङलाई भने मंगलबार नै मृत भेटिएको थयो ।
उनीहरु निर्मल माध्यमिक विद्यालय हेटौंडा–१९ का छात्राहरु हुन् ।
सम्बन्धित समाचार
सप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
नदीमा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला
बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने






