नेकपाका कार्यकर्ताद्वरा नगरपालिकामा तोडफोड, प्रशासकीय अधिकृतमाथि हातपात

मुगु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले छायाँनाथ रारा नगरपालिकामा तोडफोड गरेका छन् । कार्यलयको कामकाज भइरहेको बेला एक दर्जन भन्दाबढि कार्यकर्ता कार्यलयमा आई कार्यलय तोडफोड गरेका हुन् ।

नेकपा नगरकमिटि अध्यक्ष केबल बहादुर मल्लकोनेतृत्वमा आएका नेता तथा कार्यकता डिल बहादुर मल्ल, रुप बहादुर बुढा, कृष्ण सेजुवाल, पारस मणि मल्ल, चन्द्र प्रकाश मल्ल, रबिन मल्ल, रविन्द्र शाही, नेत्र रावललगायत नेकपाका जनप्रतिनिधि वडा नं ७ का वडा अध्यक्ष हरिचन्द्र शाही, र वडा १ का वडा अध्यक्ष लोक बहादुर हितानको मिलोमतोमा कार्यलय तोडफोड भएको छ भने प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेय माथि सुनियोजित तरिकाले कुटपिट भएको छ ।

शुक्रबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत रोमाकान्त पाण्डेको कार्यकक्षमा आई काम गरीरहेको मौकामा नेकपा निकट युवाहरुले एक्कासी कुटपिट गरेपछी घुडामा चोटपटक लाग्नुकासाथै कार्यकक्षमा भएका ल्यापटप, मोबाइल लगाएत टेवुल, दराज र काम नलाग्ने गरी क्षति गरेका छन् भने नगरपालिकाको अगाडिको बारदलीमा पनि तोडफोड गरेका छन् ।

नगरपालिकाले गरेका निर्णयहरु र आधारभुत स्वास्थ्य केन्द्रको र वडा कार्यलयहरुको ठेक्काको सुचना, माग्न खोज्दा नगरपालिकामा निवेदन दिनुहोस् र निवेदनका साथ लाग्ने राजश्व तिरेर मात्र नगरपालिकाले सुचना उपलव्ध गराउनेछ भनेपछि नेकपा युवाहरु एक्कासी आक्रोसमा आई कार्यलय तोडफोड गरेका र प्रमुख प्रशासकिय अधिकृत माथि सुनियोजित तरिकाले कुटपिट गरेका छायँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताए ।

उनका अनुसार यसअघि पनि विभिन्न बहानामा नेकपाका कार्यकताले नगरपालिकामा पटकपटक तोडफोड गर्ने ढुङ्गामुढा गर्ने गरेका छन् । यो पटक पनि उनीहरुले कार्यलयमा ताडफोड गरेका छन् । विगतका तोडफोडमा जिल्ला स्तरका नेकपा नेतादेखि प्रदेश सासंद पनि संग्लन रहेका थिए । शुक्रबार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि राष्टसेवक, कर्मचारीमाथि हातपात गर्नु गैरकानुनी कार्य भएको छायानाथ रारा नगर पालिकाले जनाएको छ ।

कार्यलय समयमा काम गरी रहेको बेला छापामार शैलीमा कर्मचारीको मनोबल घटाउने तरीकाले कर्मचारी माथि हातपात गर्नु भनेको अमानवीय र उदण्ड शैली भएको र सुनियोजित तरिकाले आफुमाथि कुटपिट भएको प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग