ललितपुर – किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तक्र्रिया सम्पन्न भएको छ ।
‘किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन’अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापन’bout चिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको हो ।
कार्यक्रममा भारतको मेदान्ता गुरुग्रामका बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा सन्दीपकुमार सिन्हाले बाल शल्यचिकित्सा र बाल युरोलोजीका विभिन्न जटिल विषयमा प्रस्तुति दिएको थियो ।
उनले बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्याको समयमै पहिचान, सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्त्वपूर्ण हुने बताए । यस्ता विशेषज्ञ अन्तक्र्रियाले चिकित्सकीय ज्ञान र उपचार सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
किस्ट टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालमै अन्तरराष्ट्रियस्तरको विशेषज्ञ ज्ञान र परामर्श उपलब्ध गराउन सहयोग पुगेको बताए । उनले सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी बिरामीलाई आवश्यक पर्दा विशेषज्ञको राय, दूरचिकित्सा तथा जटिल स्वास्थ्य समस्यामा अन्तरराष्ट्रिय विशेषज्ञको परामर्श उपलब्ध गराउने उद्देश्य रहेको बताए ।
अस्पतालका अनुसार किस्ट टिचिङ हस्पिटलमा बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक क्लिनिकल सेवा उपलब्ध छन् । मेदान्तासँगको सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीले आवश्यकताअनुसार मेदान्ताका सम्बन्धित विशेषज्ञसँग परामर्श लिनसक्ने व्यवस्था पनि गरिएको छ ।
डा थापाका अनुसार नेपालमै गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै उपचारका लागि विदेश जानुपर्ने अवस्था कम गर्नु अस्पतालको प्रमुख उद्देश्य हो । आगामी दिनमा पनि विभिन्न विशेषज्ञतामा नियमित अन्तक्र्रिया, विशेषज्ञ परामर्श र उन्नत उपचार सेवाका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
सम्बन्धित समाचार
कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा
बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’bout नीति संवाद
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी






