काठमाडौं । आज बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका ९ गरी २८ जना बेपत्ता भएका छन् ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये १३ जना सम्पर्कविहीन छन् । ९ जना मात्रै सम्पर्कमा आएका छन् ।
यस्तै, स्याफ्रुबेसीमा रहेका ९ जनामध्ये ६ जना प्रहरी हराइरहेका छन् । ३ जना मात्रै सम्पर्कमा आएका छन् । बाढीले प्रहरी कार्यालय पनि बगाएको छ ।
यस्तै, बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ । त्यहाँबाढ सशस्त्रका ९ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । ‘टिमुरेमा रहेको बीओपी सुरक्षित छ, तर ड्यिुटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए ।
बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टरसहितको टोली परिचालन गरेको छ ।
अस्पतालमा सेनाको स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ । उद्धारका लागि नेपाली सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट टोली परिचालन गरेको छ ।
सम्बन्धित समाचार
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार बलात्कार मुद्दाका कैदी पक्राउ
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन






