यी हुन् रसुवा बाढीमा सशस्त्र प्रहरीले हालसम्म गरिरहेका १३ काम

१. बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्य गरिरहेको ।

२. बाढीमा परेका गम्भीर घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको र आपतकालीन सडक उद्धारका लागि Mass Casualty Vehicles सहितको चिकित्सा तथा उद्धार (MEDEVAC) टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको ।

३. एपीएफ अस्पतालमा बाढी प्रभावितहरूको सुविधाको लागि बेडहरू खाली गरिएको ।

४. रसुवाभन्दा तलका तटीय क्षेत्रहरू (नुवाकोट, धादिङ, चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखिएको ।

५. नदी किनारका जोखिमयुक्त बस्तीहरूमा APF का गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाइ र माइकिङ गरी सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिरहेको ।

६. नुवाकोट जिल्ला विदुर (सदरमुकाम) मा अस्थायी Health Camp सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको ।

७. सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्री सहितका Disaster Relief System (DRS) कन्टेनरहरू आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पु¥याउने कार्य भइरहेको । साथै देशका अन्य भागहरूमा रहेका DRS कन्टेनरहरूलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको ।

८. भोटेकोशी÷त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट GLOF) हुनसक्ने वा थप बाढीको जोखिम’bout पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरूसँग सशस्त्र प्रहरीको निरन्तर संवाद तथा सूचना आदान–प्रदान भइरहेको ।

९. नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड र कोरिडोरहरूमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको ।

१०. नदी किनार र बाढी प्रभावित क्षेत्रहरूमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई Locate गर्न तथा बाढीको क्षति मूल्याकंन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गर्ने कार्य गरिरहेको ।

११. रसुवागढी भन्सार, यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको (K9 Sniffer Dogs) सहितको खोजी तथा उद्धार टोली परिचालन भएको ।

१२. बाढी प्रभावित क्षेत्रमा आपतकालीन हेलिप्याड ((Landing Zones) तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरहरूको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाउने कार्य गरिरहेको ।

१३. विस्थापित शिविरहरूमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरी बल, नेपालको टोलीले आपतकालीन खानेपानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने कार्य गर्न निर्देशन भइसकेको ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन