काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन् ।
पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो ।
बेपत्ताको अवस्था’bout सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार, सम्राट टुर्स एन्ड ट्राभल्सका (५९ भारतीयसहित १२ नेपाली) गरी ७१, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना (१ अस्ट्रेलियन, १ नेदरल्यान्ड्स र १५ नेपाली), लिफ होलिडेका ५५ (४६ भारतीयसहित ९ नेपाली), कैलाश जर्नीका ३१ जना (६ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ५ नेपाली), एक्सप्लोर भ्याकेसन अफ ट्रेकर्स सोसाइटीका ९२ जना (७७ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, १५ नेपाली), रिक्स टिम एन्ड ट्राभल्सका १२ जना (८ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ४ नेपाली), थाल टुर्स एन्ड ट्राभल्सका २७ जना (३ अमेरिकी र १७ मलेसियाली तथा ७ नेपाली), हिमालयन ग्लेसियरका ५२ जना (३७ एनआरआईसहित १५ नेपाली) र अल्पाइन इको ट्रेकका २० जना (१२ बेलायती र ४ दक्षिण अफ्रिकी तथा ४ नेपाली) बेपत्ता सूचीमा छन् ।
बोर्डले सूची प्रारम्भिक भएकाले थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने जनाएको छ ।
घटनापछि पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै, ११४४ हटलाइन र ९८५१२८९४४५ मा पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरेको छ ।

सम्बन्धित समाचार
राष्ट्रिय सतर्कता केन्द्रद्वारा ११ हजार १०१ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय






