काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन्
उनीहरु आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।
बाढीलगत्तै उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिएका थिए । साथै प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि निरन्तर सहजीकरण गर्दै आएका छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालन’bout छलफल गर्नेछन् ।
उनीहरुले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पु¥याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम छ ।
सम्बन्धित समाचार
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






