बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ रहेका छन् ।

यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक÷प्रहरी संगठनका अध्यक्ष सहायक रथी विनोद पाण्डे (अप्र), मोर्चा संगठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसमेत निरीक्षण टोलीमा सहभागी छन् ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण, स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, स्थानीय तहरुसँग उद्धार तथा राहत वितरणको ’boutमा जानकारी लिनेछ ।

यसैगरी स्थानीय प्रशासनसँग पनि पोखरेल नेतृत्वको टोलीले, उद्धार, राहत तथा पुनस्र्थापनाका ’boutमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहत र उद्धारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

कोइरालाको नेतृत्वमा आपतकालीन केन्द्र स्थापना