सुर्खेत । कर्णाली प्रदेश सरकारले झन्डै एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले बिहीबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट तीन मन्त्री थप गरेपछि प्रदेश मन्त्रिपरिषद् सात सदस्यीय बनेको हो ।
मुख्यमन्त्री शाहीले रुकुम पश्चिमकी मिलन खड्का रोकालाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री, सोही जिल्लाकी कल्याणी खड्कालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र हुम्लाकी जुम्कित लामालाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् । तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको नेकपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
शाही गत साउन १२ गते नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको करिब तीन सातापछि उनले भदौ ३ गते एमालेबाट तीन मन्त्री नियुक्त गरेका थिए । त्यसबेला आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका थिए ।
बिहीबार नेकपाबाट थप तीन मन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेकपाका चार र एमालेका तीन सदस्य छन् ।
मन्त्रिपरिषद् विस्तारअघि नेकपाभित्र मन्त्री छनोटलाई लिएर विवादसमेत देखिएको थियो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि यसअघि विन्दमान विष्टको नाम लगभग निश्चित भएको बताइए पनि अन्तिम समयमा मिलन खड्का रोकालाई जिम्मेवारी दिइएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कल्याणी खड्कालाई नियुक्त गरिएको छ । उनी यसअघि नेकपा (एकीकृत समाजवादी)बाट प्रदेशसभा सदस्य थिइन् ।
सात सदस्यीय मन्त्रिपरिषद्मा केही अनुभवी अनुहार दोहोरिएका छन् भने अधिकांशले पहिलोपटक मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री पछाईसँग यसअघि सामाजिक विकास मन्त्रालय सम्हालेको अनुभव छ । सामाजिक विकासमन्त्री मल्लले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरूले यसअघि करिब तीन महिना मन्त्रीका रूपमा काम गरेका थिए ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद् विस्तारमै अल्झिए कर्णालीका मुख्यमन्त्री शाही, २३ दिन बित्दा पनि सहमति हुन सकेन
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाइ विश्वासको मत
नेकपाबाट कर्णालीमा ३ जना महिला मन्त्री नियुक्त
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
उद्धार तयारीका लागि गृहमन्त्री सुधन गुरुङ विमानस्थलमा
मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, एमाले मन्त्रीहरुले सम्हालेका मन्त्रालय मुख्यमन्त्री आफैले राखे
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह






