रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील

काठमाडौं । रसुवा बाढी र पहिरोका कारण भएको आकस्मिक प्रकोपको सामना गर्न ३ करोड १० लाख डलरको आपत्कालीन सहयोगको अपिल गरेको छ ।

जेनेभास्थित ‘इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज’ (आइएफआरसी) ले विपतग्रस्त क्षेत्रका नागरिकको लागि तत्काल जीवनरक्षा कार्यमा सहयोग पु¥याउन १० लाख स्विस फ्रङ्क उपलब्ध गराएको भोलिपल्टै थप २ करोड ५० लाख स्विस फ्र्याङ्कका लागि अपिल जारी गरेको हो ।

आगामी दुई वर्षसम्म आपत्कालीन विपद् प्रतिकार्यका साथै मध्यम र दीर्घकालीन पुनस्र्थापनामा सहयोग गर्नका लागि ४ अर्ब ७३ करोड ६ लाख रुपैयाँको अपील जारी गरेको आइएफआरसीका महासचिव जगन चापागाईले भने ।

बाढीले सिंगै गाउँ र वस्तीहरु बगाउँदा भएको क्षति र पुनस्र्थापना दिनहरु झन् कठिन हुने उल्लेख गर्दै विनाशको वास्तविक अवस्थाको तस्बिर स्पष्ट रूपमा पाउन थालेकाले थप सहयोग गर्नुपर्ने आवश्यकता रहेको चापागाईले उल्लेख गरेका छन् ।

विपत प्रभावितको घरबार पुननिर्माण तथा जीविकोपार्जन गुमाएका समुदायहरूलाई आफ्नो पूर्वस्थितिमा फर्कन र आवश्यक सहयोग गर्नुपर्ने रेडक्रसले जनाएको छ ।

बुधबार आएको हिमाली सुनामी जस्तै हिउँमा लेदो मिसिएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनमा क्षति गरी ९३ हजार मानिसलाई प्रभावित गरेको दाबी गरेको छ । दुर्गम र कठिन क्षेत्रहरूमा अझै पनि क्षतिको मूल्यांकन भइरहेको बताउँदै चापागाईले विज्ञप्तीमार्फत भौगोलिक विकटता र क्षतिग्रस्त पूर्वाधारका कारण विपद्को पूर्ण आकारको मूल्यांकन गर्न र सबैभन्दा बढी आवश्यकतामा परेका मानिसहरूसम्म सहायता पु¥याउन सक्दो सहयोग गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

यस अपिलले नेपाल रेडक्रस सोसाइटी (एनआरसी) को स्थानीय टोलीलाई आवास, नगद सहयोग, घरायसी राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छता, मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग, तथा पारिवारिक सम्पर्क पुनस्थापना गर्न सघाउनेछ ।

आइएफआरसीका अनुसार नेपाल रेडक्रसका टोलीहरूले यसअघि नै खाना, पानी र आपत्कालीन सामग्रीहरू जस्तै त्रिपाल, कम्बल, प्राथमिक उपचार किट, स्ट्रेचर र शव व्यवस्थापनका लागि ‘बडी ब्याग’ हरू वितरण गरिरहेका छन् । आइएफआरसी विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता सञ्जाल हो ।

चीन र भारतसंग बेलीब्रिज सहयोग माग
बाढी प्रभावितलाई तत्काल समुदायमा सम्पर्क स्थापित गर्न ४२ वटा बेलीब्रिज आवश्यक भएकाले सहयोग गर्न सरकारले भारत र चीनसँग आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ४२ वटा बेलिब्रिज उपलब्ध गराईदिन दुई छिमेकीसँग शुक्रबार पत्राचार गरेको छ ।

बुधबारको रसुवा बाढीसँगै रसुवा, नुवाकोट र धादिङका ४१ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । नेपालले विगतमा भएका विपतमा तत्काल व्यवस्थापन गर्न व्यवस्था गरिएका ७ वटा बेलिब्रिज मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

२ दिनमा २ अर्ब सहयोग
सरकारले विपत उद्धार तथा राहतका लागि आह्वान गरेको २ दिनमा २ अर्ब माथि सहयोग जुटेको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि शुक्रबार सम्ममा २ अर्ब माथि सहयोग जुटेको हो । विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा रकम जम्मा भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सरकारले सहयोग आह्वान गरेपछि राहत कोषमा स्वदेश तथा विदेशबाट व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो । सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रुपमा तोकेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैं उपस्थित भएर स्वीकार गरिरहेका छन् । विभिन्न व्यक्ति तथा संस्थाहरुले अर्थमन्त्रालयमा नै उपस्थित भई सहयोग हस्तान्तरण गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी : मृतकको संख्या ५५३ पुग्यो, १४ सय ७३ जनाको उद्धार, २ हजार बढी अझै बेपत्ता