बैरेनीको हिलोमा बैंकको अर्को सेफ

काठमाडौँ । भोटेकोशी र त्रिशुली नदीको बाढीले बगाएर ल्याएको लेदो र भग्नावशेष पन्छाउने क्रममा धादिङको बैरेनी बजारमा बैंकको सेफ भेटिएको छ । बैरेनी बजारमा लेदो सफा गर्ने क्रममा आज एउटा बैंकको सेफ भेटिएको हो ।

सेफ भेटिएपछि सुरक्षाकर्मीले त्यसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेका छन् । यसअघि पनि त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ भेटिएको थियो । बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जना अस्ति पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ