नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग (NVL) ले सहयोग गर्ने भएको छ।

एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिने आयोजकले जनाएको छ।

एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनभिएलका सबै खेलको टिकट ‘आईएमई खल्ती’ मार्फत खरिद गर्न सकिनेछ। साथै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रहने काउन्टरबाट भौतिक रूपमा पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ।

एनभिएलको टिकट बुकिङ आजैदेखि आईएमई खल्तीमार्फत खुला गरिएको बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई