काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन् ।
हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या १६८ तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित समाचार
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान
नुवाकोटको बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला
यी हुन् धादिङमा सवारी सञ्चालनका लागि कायम गरिएका चार अस्थायी रुट
नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ






