५ वर्ष मुनिका बालबालिकाकामा १ करोड १९ लाख रुपैयाँ लगानी

रुकुम पश्चिम । चौरजहारी अस्पतालले ५ वर्ष मुनिका बालबालिकाका लागि १ करोड १९ लाख रुपैयाँ बराबरको सेवामा खर्च गरेको छ । मानव विकास तथा सामुदायिक सेवाद्वारा संचालित अस्पतालले रुकुम, सल्यान र जाजरकोट जिल्ला वाट विभिन्न समस्या भई उपचार गराउन आएका वालवालिकाहरुलाई उक्त रकम निशुल्क सेवामा खर्च गरेको हो । वालवालिकाहरुको स्वास्थ्यका लागी विशेष कार्यक्रमका साथै परिवारको आर्थिक भार कम गरी गरिवी निवारणमा सहयोग पुगोस भन्ने उद्धेश्यका साथ ५ वर्ष मुनिका वालवाललिकाहरुको स्वास्थ्य उपचार र खानपानमा समेत निशुल्क सेवा प्रदान गर्दै आईरहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

२०७६ साउन देखि हालसम्म अस्पतालमा भर्ना भएका १७ सय ९ जना ५ वर्ष मुनिका वालवालिकाहरुले निशुल्क स्वास्थ्य उपचार सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । वालवाललिकाहरुको निशुल्क स्वास्थ्य उपचार सेवा अन्तरगत विरामी कुरुवालाई समेत निशुल्क खानाको व्यवस्था गर्दै आईरहेको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालले कुनै पनि रोगका कारण विरामी परेका वालवालिकाहरु लाई निशुल्क स्वास्थ्य उपचार सेवा निशुल्क वेड भर्ना र निशुल्क खानापानको प्रवन्ध मिलाउदै आईरहेको प्रशासक गिरीको भनाई छ । जसअन्तरगत आर्थिक वर्ष २०७६।०७७ मा सल्यान जिल्ला वाट अस्पताल भर्ना भएका २ सय ४, जाजरकोट जिल्लाका ३ सय ६९ र रुकुम जिल्लाका ११ सय ३६ गरी कुल १७ सय ९ जना ५ वर्ष मुनिका वालवालिकाहरु र उनीहरुका अविभावकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले वाल मृत्यु दर घटाई वालवालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउन उक्त कार्यक्रम संचालनमा ल्याएको वताईएको छ । वालवालिकाको पोषण स्थितिको जाँच गरी उनीहरुलाई लिटो, दुध, अण्डा आदि जस्ता सन्तुलित भोजन अस्पतालले उपलब्ध गराउदै आएको छ । नवजात शिशुहरुलाई कपडा समेत दिदैआईरहेको अस्पतालले जनाएको छ । गत श्राउण देखि हाल सम्म अस्पताल वाट ६५ हजार विरामीहरुले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालको तथ्याकमा उल्लेख छ । जसअन्तरगत विरामीहरुले अस्पताल वाट वहिरंग सेवा अन्तरगं सेवा आकास्मिक सेवा सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, प्रसुति सेवा लगाएतका सेवा अस्पताल बाट लिइरहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित