काठमाडौं । कांग्रेसको देउवा समूहको बैठक सुरु भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक सुरू भएको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरू भएको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस गरिएको छ । बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख समेत गरेका छन् ।
यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने बताइएको छ ।
उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।
सम्बन्धित समाचार
रास्वपा सांसद अमरेश सिंहको प्रश्न : अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा ?
असोजमा १५औँ महाधिवेशन गरे कांग्रेस विभाजन हुन्छः शंशाक
आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’
मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, एमाले मन्त्रीहरुले सम्हालेका मन्त्रालय मुख्यमन्त्री आफैले राखे
रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीको अवस्था र उद्धारवारे जानकारी
प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद् सम्बन्धमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने






