काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोटको बिदुर नगरपालिका–५ बाट बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रस्थान गरेका छन ।
ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।
भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ ।
बाढीका कारण नदी किनारका बस्ती, सडक तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । बाढीबाट भएको क्षतिको अवस्था बुझ्न तथा प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न ओली स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने, राप्रपामा भाँडभैलाे
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने
आवश्यकता परे वैदेशिक सहयोग परिचालन गर्छौं: सरकार
बागमतीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
२० स्थानीय तहका फोहोर खर्चको भार काठमाडौं महानगरमाथि
देउवा र खड्का कांग्रेस महाधिवेशन रोक्न माग गर्दै पुगे सर्वोच्च






